झापा ।
झापा कमल गाउपालिका –५ आदीवाशी रङशाला अगाडी पुर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउपालिका– ३ ईश्वरपुर घर भएका हाल सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । शुधmवार (आज) दिउसो साढे ११ बजे पश्चिम आउदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो क्रस गर्दै गरेका बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
पिकअप र चालक मकवानपुर हेटौडा नगरपालिका –११ का २४ बर्षीय अजय पाख्रिनलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















