ताप्लेजुङ । 

ताप्लेजुङ फुङलिङ नगरपालिका –१० सिम्ले सानीमा हाईड्रोपावरमा काम गर्ने मजदुरको ढुंगाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउपालिका –१ का ४४ बर्षीय खगप्रसाद तामाङ रहेका छन् । विहिवार दिउँसो साढे १ बजे तामाङ हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठुलो ढुंगा झरी किचेर घटनास्थलमानै मृत्यु भएको छ ।

उनी सोही हाईड्रोपावरमानै खाना पकाउने काम गर्ने बुझिएको छ । घटनास्थलमा प्रहरी चौकी शिवा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको  प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।