मोरङ ।
मोरङको उर्लाबारी र सिजुवामा प्रहरीले प्रतिबन्धित औषधीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका –८ स्थित रातोहोली बस्ने २७ बर्षीय अनिश श्रेष्ठ र २१ बर्षीय सुजन श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनीहरुलाई घर कोठाबाट Tramadol 158 Capsules र Spaspain 14 Tablet प्रतिबन्धित औषधीसहित पक्राउ गरेको हो ।
त्यस्तै रतुवामाई नगरपालिका –२ घरुचौकबाट ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–१ का २१ बर्षीय माधव श्रेष्ठलाई नाईट्रोभेट ६६० र कोरेक्स –DX – – १ बोतल लागूऔषधसहित पक्राउ गरेको छ भने सोही स्थानमा सिमा प्रहरी चौकीको प्रहरी टोलीले नेपालतर्फ आउदै गरेको मे१ह ३१७२ नम्बरको अटोलाई चेकजाँच गर्दा अटोमा लुकाई राखेको प्रतिबन्धित औषधी स्पासपेन ५ सय ट्याब्लेट र ट्रामाडोल १ हजार ट्याब्लेट बरामद गरी अटोमा सवार रहेका मोरङ उर्लाबारी ५ का २३ बर्षीय समिर मगर, झापा दमक १४ का २९ बर्षीय अब्दुल आमिर खान र उर्लाबारी ५ का २४ बर्षीय घनश्याम गुरुङलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय सिजुवाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


















