उदयपुर ।
उदयपुर त्रियुगा नगरपालिका –८ देउरीका १४ बर्षीय निशान चौधरीको चट्याङ लागेर मृत्यु भएको छ । घर नजिकै रहेको चौरीबाट खेली घर फर्कने क्रममा अबिरल बर्षातसँगै परेको चट्याङ लागेर अचेत अवस्थामा रहेका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको बारेमा थप अनुन्धान भईरहेको प्रहरी जनाएको छ ।


















