ओखलढुंगा ।

ओखलढुङगा मानेभन्याङ गाउपालिका– ५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही पालिका ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर रहेकी छन् । 

ओखलढुंगा सदरमुकामबाट हर्कपुरतर्फ जादै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएकी उनको मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल र चालक सोही स्थानका २१ बर्षीय रेवत बहादुर पुलामी मगर प्रहरी चौकी मानेभन्ज्याङको नियन्त्रणमा रहेका छन् । घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।