दाङ ।

 खोलाले कार बगाउँदा  चार जनाको मृत्यु भएको छ भने चालक गम्भीर घाइते छन्। दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ स्थित सिस्ने खोलामा आएको बाढीले ३–०१–०२४ च ४४४० नम्बरको कार गए राति करिब १० बजेर ५० मिनेटमा बगाएको थियो।

सिस्ने खोला क्रस गर्दै गर्दा खोलामा आएको बाढीले बगाउदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिहेको अबस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।

त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि शुसिला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुवरको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

सिस्नेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

तस्वीर गुगुल