काठमाडौं । 

नेपालकी चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ । मोडल घिमिरेको उपचारका क्रममा बुधवार साँझ नर्भिक अस्पतालमा मृत्यु भएको जनाइएको छ । 

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

 गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।  नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।