मोरङ ।
मोरङ कानेपोखरी–६ स्थित शिवालय चोकका ३० बर्षीय रुद्रबहादुर क्षेत्री हतियारसहित पक्राउ परेका छन् । क्षेत्रीको घरमा हतियार लुकाई राखेको छ भन्ने बिशेष सूचनाका आधारमा प्रहरी टोलीले उनको घरमा खोज्दा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका क्षेत्रीलाई थप अनुसन्धान गर्ने क्रममा अर्का सोही स्थानका ४० बर्षीय पूर्णबहादुर बोहरा समेतलाई पक्राउ गरी उनीहरुलाई ईलाका प्रहरी कार्यालय पथरीबाट हातहतियार मुद्धामा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।