झापा ।
सशस्त्र प्रहरीले लागूऔषधसहित २ जनालाई पक्रउ गरेको छ । ब्राउन सुगरसहित मोरङ जिल्ला सुन्दरहरैँचा–१० निवासी ३९ वर्षीया विमला ढकाल र शिवसताक्षी–७ निवासी २१ वर्षीया निशा जोगी रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।
भारत पुगेर फर्किएका दुवै महिलाहरुलाई मङ्गलवार साँझ ५ बजे ज्यामिरगढी नाकाबाट नेपाल प्रवेश गरेका थिए । मेचीनगर नगरपालिका १५ स्थित कालिका टी स्टेट क्षेत्रबाट प्रवेश गरेपछि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ज्यामिरगढीको शसस्त्र प्रहरीको टोलीले चेकजाँच गरेका थिए । सशस्त्र प्रहरीले चेकजाँच अघिनै ती महिलाहरुले ल्याएको ब्राउन सुगर खेतबारी फालेका थिए ।
प्रहरीले खेतबारी उनीहरुले फालेको १६ ग्राम १५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको बताइएको छ । उनीहरुको साथबाट सशस्त्र प्रहरीले मोबाइल तीन वटा, नेपाली नगद १२ हजार १ सय ५, इन्डोनेसियन एक हजारको नोट, नेपाली नागरिकता र डायरी बरामद गरेको थियो । पक्राउ परेका महिलाहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा पठाइएको प्रहरीले जनाएको छ ।