काठमाडौं । 

 देशभर सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली  प्रदेशका केहि स्थानहरूमा वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार भने देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ।