बिर्तामोड ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) बिर्तामोड नगरको दोस्रो सम्मेलनले अध्यक्षमा रोशन भारतीलाई चयन गरेको छ ।
बिर्तामोडमा मंगलवार सम्पन्न सम्मेलनले ४१ सदस्यीय नगर कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा अस्मिता अधिकारी, रोहन सिग्देल, सचिवमा आशिष दाहाल, सह–सचिव मनिषा सुब्बा, उत्सव कोइराला र कोषाध्यक्ष सन्ध्या गुरुङलाई चयन गरेको जनाइएको छ । त्यस्तै नगर इन्चार्जमा पुजा कडेल चयन भएकी छिन् ।
सम्मेलन आयोजक समिति संयोजक पूजा कडेलको अध्यक्षता तथा स्वागत गरेकी सम्मेलनको प्रमुख अतिथि संघीय सांसद, नेकपा आमोवादी केन्द्र प्रदेश नं.१ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशिला चापागाई रहेकी थिइन् ।
कार्यक्रममा विशेष अतिथि प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, पुर्णसिंह राजवंशी, पार्टीका प्रदेश कमिटी सदस्य भूपाल सापकोटा संविधानसभा सदस्य मोहन टुडु, जिल्ला सचिवालय सदय बासु दुलालसहित अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा झापा इन्चार्ज प्रतिक कडरिया झापा अध्यक्ष अनिल सुवेदीसहित ५५ भन्दावढी प्रतिनिधि र पर्यवेक्षकको उपस्थिति रहेको थियो । । कार्यक्रमको सञ्चालन संगठनका झापा उपाध्यक्ष रन्जीत धमालले गरेका थिए ।