विराटनगर ।
खटयात्रा मनाउनका लागि प्रदेश १ सरकारले झापा, मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिएको छ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण खटयात्रा मंगलवार विराटनगरमा निकालिने भएको हो ।
विराटनगरको पानीटंकी चोकस्थित राधाकृष्ण मन्दिर परिसरबाट वि.सं. १९८८ बाट खटयात्रा सुरु गरिएको थियो भने २०२४ सालबाट रथयात्रा शुरु गरिएको थियो । रथसँगै खटलाई पनि बजार परिक्रममा गराउने परम्परा छ ।
तर कोरोना महामारीका कारण यो वर्ष खटयात्रा मात्रै गरिने आयोजक समितिका अध्यक्ष बाबुराजा ओझाले जानकारी दिए ।