काठमाडौं । 

आज देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाइएको छ । 

 देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।