काठमाडौं । 

 नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोभिड १९को एन्टीबडी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गत असार २१ देखि साउन ३० गतेसम्म ५ महिनाभन्दा माथि उमेरसमुहका १३ हजार १ सय ६१ जनामा गरेको सेरो प्रिभिलेन्स सर्वेमा ६८ दशमलब ६ प्रतिशत कोभिड एन्टीबडी देखिएको जनाएको हो। कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकोछ ।

सातै प्रदेश, हिमाल,पहाड,तराई,गाउँ शहरका सबै लिंग, उमेर,पेशा तथा सबै समुहमा समान एन्डीबडी देखिएको जनाइएको छ । एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएमा ९० प्रतिशत एन्डीबडी देखिएको छ।  अझै पनि कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिवर्तन गरिरहने जोखिम कायम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आग्रह गरेका छन्।

उनले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिनसमेत आग्रह गरेका छन् ।