बिर्तामोड ।
झापाको बिर्तामोडलाई लामो समयदेखि कार्यक्षेत्र बनाएर उद्योग–व्यवसाय एवम् सामाजिक क्षेत्रमा क्रियाशील विर्तामोडका विनोद वस्नेत नेपाल भारत उद्योग बाणिज्य महासंघ प्रदेश १ को कार्यसमिति सदस्यमा मनोनित भएका छन् ।
महासंघले वस्नेतलाई नेपाल भारत उद्योग बाणिज्य महासंघ प्रदेश १ को सदस्यमा मनोनित गरेको हो । झापाको विर्तामोडमा रहेको सयपत्री ट्रेडलिंकका सञ्चालक वस्नेत धेरै औद्योगिक–व्यावसायिक संगठनमा आबद्ध छन् भने दर्जनौं सामाजिक संघ–संस्थामा उत्तिकै सक्रिय छन् ।