मोरङ ।
लागूऔषध मुद्धाका फरार प्रतिबादी गाँजासहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ वेलबारी नगरपालिका –५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् ।
गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालय समुह र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागूऔषध गाँजा ४ केजी ३०० ग्राम र नगद ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।
माझी मोरङ जिल्ला अदालतको मिति २०७५ पुस ५ गतेको फैसलाले लागूऔषध मुद्दामा ६ महिना ५ दिन कैद र जरिवाना ३ हजार ठहर भएका फरार प्रतिवादी हुन् । उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थपगरी अनुसन्धान अगाडी बढाएइको प्रहरीले जनाएको छ ।