खोटाङ । 

खोटाङ हलेसी तुवाचुङ नगरपालिका –८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ ।  सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्ने क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागि हलेसीतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।