उदयपुर । 

उदयपुर कटारी नगरपालिका –२ मिलन चौकका पोष्टबहादुर मगरको छोरा ७ बर्षीय कर्ण मगरको पहिरोले पुरिएर मृत्यु भएको छ । 

घरदेखी अन्दाजी ४०० मिटरमा रहेको आँप खहरे खोलामा गई खेल्ने क्रममा माथीबाट पहिरो झरी पुरिएर गम्भिर घाईते भएका उनको उपचारको लागि कटारी अस्पताल ल्याउदै गर्दा  बाटैमा मृत्यु भएको थियो ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय कटारीको  प्रहरी टोलीले थप अनुसन्धान तथा कानुनि प्रकृया पुरा गरेको प्रहरीले जनाएको छ ।