झापा ।
पछिल्लो २४ घण्टामा झापामा थप ३३ जनासहित देशभर २ हजार ६५ जनामा कोरोना भाइरस संक्रति थपिएका छन् । ८ हजार ७ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जना गरी २ हजार ६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् ।