काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव दिपक काफ्लेलाई वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारीमा पठाएको छ ।
काफ्लेले बुधबार विभागमा पदवहाली गरी जिम्मेवारी सम्हालेका छन् । त्यसअघि उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव एवं प्रवक्ताको जिम्मेवारीमा थिए । मन्त्रालयमा आउनु अघि उनी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।