बुटवल ।
पूर्व–पश्चिम गर्ने राजमार्ग भासिएपछि यातायाताका सवारी साधन आवात–जावत हुन सकेको छैन । अविरल वर्षाका कारण आएको बाढीका कारण रुपन्देहीको देवदहको घोडाहा खोला पुल भासिएको हो ।
पुल भासिएपछि सवारी साधन अवरुद्ध भएको छ । पुल भासिएपछि सो सडकखण्डबाट आउने जाने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् ।
अविरल वर्षाका कारण रुपन्देहीको तिलोत्तमाको मणिग्राम, शान्तिनगर, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार, भैरहवा, परासी बजार, तिनाउ, दानव, रोहिणी तटिय क्षेत्र लगायतका ठाउँ डुवानमा जनाइएको छ ।
तस्वीर गुगलबाट