झापा । 

१ नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुले पूर्वी काँकरभिट्टा नाकालाई सहज बनाउन आग्रह गदैं प्रधान मन्त्रीलाई विहीबार ज्ञापन पत्र बुझाएका छन् । नेपालको प्रवेशको पूर्वीनाका काँकरभिट्टाबाट नेपाल आउन चाहाने भारतीय व्यवसायी, पर्यटक, कामदार, विरामीलाई पीसीआर रिपोट वा खोप कार्डको आधारमा सहजताका साथ नेपाल आउने बतावरण मिलाइदिन माग गर्दै झापाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

 नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर– १ का अध्यक्ष टिकाराज ढकाल र उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष ऋषिराज तिम्सिनाको नेतृत्वमा ,  व्यवसायीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणमार तिम्सिनामार्फत प्रधानमन्त्री शेरबहादुर देउवा ज्ञापन पत्र बुझाएका हुन् । 

 विश्वव्यापी महामारीले गर्दा  लामोसमयदेखि लगातारको लकडाउनका कारण नेपाली आर्थिक क्षेत्रले ठूलो नोक्सानी खेप्दै आएको भन्दैं उद्योगी व्यवसायीले  दैनिकीलाई सहजतातर्फ अघि बढाउन माग गरेका हुन् ।