काठमाडौं । 

 गायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको छ । १ भदौमा कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारका सदस्यले तत्काल अस्पताल पुर्‍याएका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो । अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । 


मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण शल्यक्रिया हुन नसकेनपछि उपचारकै क्रममा उनको  निधन भएको जनाइएको छ । जनले गाएको गीत ‘आम दिदि बविहनी हो कति बस्छौ दासी भै’ अझै पनि सवैको मनछुने गरेको छ ।