सिन्धुपाल्चोक ।
हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । विहविारबाट सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइ सकिएको जनाइको छ ।
सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए।