मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका –१५ १ नम्बर ढाँटबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान –६ का २० बर्षीय निखिल राय रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले उनलाई लागूऔषध लुपिजेसिक १५ एम्पुल, डाईजाल्याब १५ एम्पुल, एभिल १४ एम्पुल र फेनारगन १५ एम्पुलसहित पक्राउ गरेको हो ।
पक्राउ परेका रायलाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।