सोलुखुम्बु ।
सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोला तर्ने क्रममा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।
मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता रहेको र उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको जनाइएको छ ।