बैतडी ।

 डिलाशैनी गाउँपालिका –७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले  नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी छन् ।  अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए  ।

घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।  माधवीले नवजात शिशुको हत्या गरेकी उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ । माधवीलाई प्रहरीले पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको  प्रहरीले जनाएकाृ छ ।

उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ । माधवीका १३ वर्षीय एक छोरा छन् ।