पाँचथर ।
पाँचथरको फिदिम नगरपालिका –८ घलेगाँउका ६५ बर्षीय पदमबहादुर राईको लडेर मृत्यु भएको छ । राई मलामी गएर फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थित भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।