झापा ।
झापाको कन्काइ नगरपालिका–१ सिर्जनाटोलमा ८ महिने छोरीसहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झण्डिएर मृत्यु हुनेमा ३४ वर्षीय रविन विक, उनकी श्रीमती २९ वर्षीया मुना र आठ महिने छोरी रुविना छन् ।
उनीहरु सोमवार बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए ।
घटनास्थलमा प्रहरीको टोली पुगेको र सेनाको टोलीलाई पनि बोलाइएको प्रहरीले जनाएको छ । मुचुल्का उठाएर ढोका फोडेर भित्र पस्ने भनिएपनि रामपुरबाट माइतीपक्ष नआई ढोका नफोरिएको कनकाई नगरपालिका वडा नं. १ का अध्यक्ष रोशन पोखरेलले बताएका छन् । मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए ।