purबिर्तामोड । 

झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले स्थापनाकालदेखि हालको मितिसम्म ४ सय ५० विभिन्न अंगका क्यान्सर रोगीको उपचार गरेको दावी गरेको छ  । 

अस्पताल स्थापनाको २० महिनासम्ममा नेपालभर हुने क्यान्सर रोगी मध्ये २५ प्रतिशत रोगीको उपचार गरेको शनिवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालले दावी गरेको हो ।       

अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले सवैभन्दा वढि स्तन क्यान्सरका रोगीको शल्यक्रिया गरेको जानकारी दिए । उनका अनुसार स्तन क्यान्सरपछि आन्द्रा, नाक, कान, घाटी र डिम्वाशय क्यान्सरको शल्यक्रिया गरिएको छ । 

yadab 1

महिलामा पाठेघर क्यान्सर, स्तन क्यान्सर र अण्डादानी क्यान्सरको स्थिति भयावह बन्दै गएको डा. यादवले बताए । प्रत्येक बर्ष नेपालमा ३० देखि ४० हजार क्यान्सर रोगी थपिदै गएको बताउँदै डा यादवले १ हजार ५ सयदेखि २ हजारसम्म क्यान्सर रागीकोे मृत्यु हुने गरेको बताए । ‘ रोगीलाई क्यान्सर रोग हो भनेर थाहासम्म हुँदैन’ डा यादवले भने ‘शिक्षा र चेतनाका कमिले पनि क्यान्सरबाट मृत्यु हुने गरेको छ ।’ उनले क्यान्सर रोगीका लागि आवश्यक सम्पूर्ण उपकरण पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपलब्ध भएको उनले बताए । उनले झापामा प्रत्येक बर्ष लगभग २ हजारवढि क्यान्सर रोगी वढ्दै गएको जानकारी दिए । 

durga

अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत १० हजार महिलाको पाठेघर क्यान्सरको निशूल्क परीक्षण गरिदिने  योजना ल्याएको बताए । निशूल्क परीक्षणसँगै १ लाख बराबरको उपचार खर्च पनि व्यहोर्ने अस्पतालले व्याहोर्ने उनलको भनाई थियो । स्वास्थ्यको पहुँच नपुगेका महिलाको चेतना बढाउन पनि अस्पतालले निशूल्क परीक्षण गर्न लागेको उनले जानकारी दिए । उनले भदौ ६ गतेदेखि निशूल्क ओपीडी सेवा सञ्चालनसँगै २५ प्रतिशत छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने पनि जानकारी दिए । 

अर्जुनधारा–१ सिस्नेमा बिएण्डसी अस्पालले सामाजिक उत्तरदायित्व अन्र्तगत २ करोड रुपियाँको लगानीमा सिंहदेवी माध्यमिक विद्यालयकोे भवन निर्माणका लागि शिलान्यास गरेको प्रसंङ्ग सुनाउँदै कार्यकारी निर्देशक प्रसाईले बिद्याकी देवी सरस्वतीलाई पनि  पनि लाज लाग्नु पर्ने ठट्टा गरेका थिए ।उनले आफुले धेरै नपढे पनि शिक्षा क्षेत्रमा सधैं आफु लागि पर्ने बताए ।  आफुले गरेको सामाजिक कामको प्रेरणाले अरुले पनि गर्ने उनले बताए । कार्यक्रमको सञ्चालन अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।