झापा । 

झापाको अर्जुनधारा–१ स्निेमा बिएण्डसी अस्पालले बिद्यालय निर्माण गर्ने भएको छ ।   सिंहदेवी माध्यमिक विद्यालयका लागि  अस्पतालले भवन निर्माण गरिदिन लागेको हो । शुक्रवार एक समारोहका बीच बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले भवनको शिलान्यास गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

रामाजिक उत्तरदायित्व  अन्र्तगत अस्पतालले २ करोड रुपियाँको लगानीमा  विद्यालय भवन निर्माण गर्ने भएको हस्पिटलका कार्यकारी निर्देशक प्रसाईले जानकारी दिए ।   ६२ वर्ष अघि सिँहबाहिनी विद्यालय  स्थापना भएपनि उचित भवन नहुँदा बिद्यार्थीलाई पढाईमा समस्या हुँदै आएको थियो । भवन शिलान्यास गर्दै प्रसाइले 

विद्यालयलाई निरन्तर  सहयोग गर्ने बताउँदै  सिँह बाहिनी विद्यालय झापाकै उत्कृष्ट विद्यालय बनाउने प्रतिवद्धता जनाएका छन् ।