काठमाडौं । 

कोरोना भाइरसका कारण कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । प्रतिबन्ध हटाउने निर्णय भएपनि उडान शुरु हुने मिति भने तय गरेको छैन । 

कुवेतले गत साउन २१ गतेदेखि कोरोना  संक्रमणको उच्च जोखिममा रहेको भन्दै नेपालीलाई आफ्नो मुलुक प्रवेशमा अनिश्चितकालका लागि रोक लगाएको थियो । कुवेतले नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाकालाई उच्च जोखिमको सूचीमा  राख्दै चिकित्सक, कूटनीतिज्ञ तथा कोभिड समितिले अनुमतिपत्र प्रदान गरेका व्यक्ति बाहेकलाई प्रवेश अनुमति रोकेको थियो । 

 कुवेतले सिनोफार्म, सिनोभाक एण्ड स्पुत्नीक, फाइजर बायोनटेक, अक्सफोर्ड एक्ष्ट्राजेनेका, मेडेर्ना र जोन्सन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ ।

  नेपालबाट जाने कामदार वा यात्रुले उल्लेखितमध्ये कुनै एक खोपको मात्रा पूरा गरेको हुनुपर्ने शर्त तोकिएको छ ।  मलेसियाले आवागमन नियन्त्रण आदेशका बाबजुद केही क्षेत्र खुला गर्न लागेको जनाएको छ ।