काठमाडौँ । 

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ भने ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

 ११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय २१ जना र ४ हजार ४ सय ९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय २६ जना सङ्क्रमणमुक्त भएका छन् ।