बिर्तामोड ।
टु–ह्वीलर तथा थ्री–ह्वीलर निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले ‘अपाचे १६०–टु भी’ को नयाँ मोडल नेपालमा सार्वजनिक गरेको छ ।
टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा सार्बजनिक गरेको अपाचे १६०–टु भी’ को नयाँ मोडल झापाको बिर्तामोडमा सार्वजनिक भएको छ ।
टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता जगदम्वा मोटर्स प्रालिले बजारमा ल्याएको अपाचे १६०–टु भी’को नयाँ मोडल बिर्तामोडको लागि आधिकारिक विक्रेता पाथिभरा अटो लिङ्कले सार्वजनिक गरेकोे हो ।
पाथिभरा अटो लिङ्कका सञ्चालक याम कार्की र जगदम्वा मोटर्स प्रालिका रिजनल सेल्स अफिसर तिर्थ रिजालले उक्त मोडल सार्वजनिक गरेका हुन्। अपाचे १६०–टु भीमा न्यू रेस इन्स्पाइर्ड ग्राफिक्स समावेस गरिएको छ ।
यसैगरी यसको पछाडि १२०र७०×१७ को नयाँ फराकिलो टायर राखिएको भन्दै कम्पनीले यसले बाटोमा अझ राम्रो ग्रिप र सुरक्षा प्रदान गर्ने जनाएको छ । यसमा रहेको अर्को राम्रो फिचर्स भनेको रेस इन्स्पाइर्ड डिजिटल डिस्प्ले हो। जसले राइडरलाई स्पीड नियन्त्रणबारे अवगत गराइरहन्छ । यसमा बेस्ट इन क्लास आरटीआर ओभरस्क्वेर इन्जिन छ । जसले ८००० आरपीएममा १४÷ १४
पिएसको अधिकतम पावर प्रदान गर्दछ भने ६७५० आरपीएममा १३।२ एनएमको अधिकतम टर्क प्रदान गर्दछ । यो मोटरसाइकल पर्ल ह्वाइट, म्याट ब्लु, ब्लाक, ग्लस रेड र ग्रे गरेर ५ ओटा भेरिएन्टमा उपलब्ध छन्। यसको मूल्य दुई लाख ६९ हजार ९ सय रुपैयाँ तोकिएको छ । पाथिभरा अटो लिङ्कका सञ्चालकहरु सजेश शिवाकोटी, विपिन बस्नेत र याम कार्की रहेका छन् ।