काठमाडौँ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट नेपालमा थप ४२ जनाको मृत्यु भएको छ भने ३ हजार ४ सय ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
११ हजार ८ सय ३९ पीसीआर परीक्षणमा २ हजार ६ सय १३ र ४ हजार ९ सय ९९ एन्टिजेन परीक्षणमा ७ सय ९० जना गरी कुल ३ हजार ४ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ४ जना सङ्क्रमणमुक्त भएका छन् ।