बिर्तामोड ।
झापाको बिर्तामोडमा करिव डेढ दशकदेखि निरन्तर सञ्चालनमा रहेको कनकाई हस्पिटलले मेरुदण्ड, हाडजोर्नी, स्त्री तथा प्रसुति, बाथ, जनरल सर्जरी, मुटुरोग मानसिक, नवजाता तथा बालरोग सेवा दिदै आएको छ । साथै हस्पिटलले नाक, कान, घाटी, यौन तथा छालारोग सेवासमेत दिदै आएको छ ।
कोरोना महामारीमा समेत निरन्तर सञ्चालनमा रहेको हस्पिटलमा भिडियो एक्सरे सेवा साथै सवै प्रकारको सेवा दिदै आएको हस्पिटलका प्रवन्ध निर्देशक युवराज डाँगीले जानकारी दिए । ‘बिर्तामोडमा विशेषज्ञ सेवा सञ्चालनमा ल्याउने कनकाई पहिलो हस्पिटल हो’ प्रबन्ध निर्देशक डाँगीले भने ‘ १४ बर्षदेखि हस्पिटलले सवै प्रकारका सेवा दिदै आएको छ ।’ उनले झापामै पहिलो वाथरोग विशेषज्ञ सेवा कनकाई हस्पिटलले दिदै आएको बताए ।
निकट भविश्यमा आफ्नै सुबिधा सम्पन्न भवनबाट सवै प्रकारका गुणरस्तरीय सेवा दिइने हस्पिटलका अध्यक्ष तथा प्रमुख हाडजोर्नी नशारोग विशेषज्ञ स्पाइन (मेरुदण्ड) सर्जन डा. प्रेमबहादुर शाहीले जानकारी दिए । हस्पिटलले स्वास्थ्य विमा गरेकालाई पनि सेवा दिदै आएको उनले बताए ।