झापा ।
बलीवुड अभिनेता शाहरुख खानले लामो समयपछि धेरै राम्रा फिल्म साइन गरेका छन् । ती फिल्म मध्ये पठान, टाइगर –३, एटलीको फिल्म र राजकुमार हिरानीको फिल्मलगायत हुन् । यी फिल्मले उनलाई फेरी बलिउड इन्डस्ट्रीमा आफ्नो एकपटक राज गर्ने बनाउने अनुमान गरिएको छ ।
अभिनेता खानको चेन्नई एक्सप्रेसपछि वलिउडमा कुनै सुपरहिट फिल्म आएको छैन । उनले चेन्नई एक्सप्रेसपछि जती पनि फिल्म खेले सवै फ्लप भएका थिए । पठान, टाइगर –३, एटलीको फिल्म र राजकुमार हिरानीको फिल्म फेरी उनलाई बलिउडमा किङ बनाउने अनुमान गरिएको छ ।