बिर्तामोड । 

झापा बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय  बिर्तमोडको प्रहरी टोलीले बिर्तामोड– ५ जात्रुबारी २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यसैगरी बिर्तामोड इप्रकाको प्रहरी टोलीले बिर्तामोड –१ चारपानेबाट बिर्तामोड –१ कि देवी तामाङ र बिर्तामोड –५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्रामसहित पक्राउ गरेको छ । पक्राउ परेका चारै जनालाई  ईलाका प्रहरी कार्यालय बिर्तामोडले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।