मोरङ ।
मोरङ मिक्लाजुङ गाउपालिका –३ सुन्दरी चौकबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउपालिका –४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका –३ का २२ बर्षीय बिक्रान्त अधिकारी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनीहरुलाई प्रतिबन्धित औषधी त्चTramadol Capsule २८८२ र Spas pain Tablet २९२० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।