सुनसरी ।
सुनसरी ईटहरी –१७ लबिपुरस्थित अंकित बडि ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउपालिका –४ घर भई हाल सोही ग्यारेजका मजदुर ४० बर्षीय रामकुमार लिम्बु रहेका छन् ।
गाडीको बडी बनाउने क्रममा करेन्ट लागी गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको हो । घटना बिषयमा ईलाका प्रहरी कार्यालय पकलीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।