काठमाडौं । 

पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।  आइतबार काठमाडौंमा बसेको माओवादी केन्द्रीय कमिटी बैठकले पार्टीलाई रूपान्तरण गरेर गुणात्मक फड्को मार्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई पारित गरेको छ ।

 राजनीतिक प्रतिवेदनले केपी ओलीको प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै संविधानको रक्षा र कार्यान्वयनमा अघि बढ्नुपर्नेमा जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जनकारी दिए । त्यस्तै राष्ट्रिय सम्मेलन अघि चारमहिनासम्म विभिन्न तहको सम्मेलन गर्ने निर्णय भएको उनले बताए । बैठकले संघियताको मर्मअनुसार जिल्ला समिति खारेज गर्ने र जिल्ला संयोजक समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

ओवादीका हरेक संरचनामा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा र १५ प्रतिशत दलितको सहभागिता अनिवार्य गर्ने विधानको प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।   बैठकले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षाको व्यवस्था गर्दै सुरक्षित स्थानमा लैजाने व्यवस्थान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।