काठमाडौं । 

 देशभर पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने  २ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  ८ हजार ८८ पीसीआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जना र ४ हजार १८ एन्टिजेन परीक्षण गर्दा ४ सय १९ गरी २ हजार २ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट  १ हजार ८ सय ६७ जना मुक्त भएका छन् । हालसम्म ६ लाख ८२ हजार ६८२ जना संक्रमणमुक्त भएका छन् भने मृतकको कुल संख्या १० हजार २ सय ९२ पुगेको छ ।