बिर्तामोड ।
झापा बिर्तामोड नगरपालिकामा अवस्थित टाइमलेस मोमेन्ट होटेलमा कोरोना विरुद्धको खोप कार्टुनसहित पाइएपछि कारवाहीमा परेका ओम खड्काको छनविन प्रतिवेदन आउने भएको छ ।
शंकास्पद अवस्थामा खोपसहित होटलमा भेटिएका बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन खडकाको छानविन प्रतिवेदन आउने भएको हो । घटनाका विषयमा छानबिन गर्न बनेको समितिले आइतवार प्रतिवेदन सार्वजनिक हुने बुझिएको छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले प्रतिवेदन तयार पारेको छ । । निश्कर्षसहितको प्रतिवेदन तयार गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताए । केही प्रमाण खोज्न बाँकी देखिए अझै दुई दिनको समय माग्नका लागि अनुरोध गर्ने जानकारी दिए । समितिले छानबिन शुरु खड्कालाई यसअघि नै निलम्बित गरिएको थियो ।