काठमाडौं ।
जिल्ला आयुर्वे स्वास्थ्य केन्द्र तनहुँले कोरोना पोजेटिभ भएका ७ सय जनालाई आयुर्वेदिक कोरोना कीट वितरण गरेको छ । कोरोना पोजेटिभ भएका बिरामीलाई आयुर्वेदिक औषधि प्रभावकारी भएकाले कार्यालयले निःशुल्क किट वितरण गरेको हो ।
आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापनमा कोरोना पोजेटिभ भएर होम वा आइसोलेसनमा रहेका बिरामीलाई वितरण गरिएको कार्यालयका प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए । उक्त औषधिमा गुर्जो, अश्वगन्ध, जेठी मधु, त्रिकटु, लक्ष्मीमिलासरस, सेतोपलादीलगायतका जडीबुटीको समिश्रणबाट औषधि तयार गरिएको उनले बताए ।
बिरामीका समस्याका पहिचान गरी आयुर्वेदिक औषधि प्रदान गर्न थालिएको छ । कोरोना सङ्क्रमण बढेसँगै उपचारमा आउने बिरामीको सङ्ख्या करिब ५० प्रतिशत घटेको सो कार्यालयले छ ।