काठमाडौँ ।
देशभर पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । त्यस्तै साहि समय अवधिमा २ हजार ६ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
८ हजार ६ सय ६७ पीसीआर परिक्षणमा १ हजार ९ सय ४७ र ४ हजार ९ सय ६ एन्टीजेन परिक्षणमा ६ सय ७७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टाको अवधिमा २ हजार ६ सय २४ जना सङ्क्रमणमुक्त भएका छन् २० जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।