झापा ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले यस आर्थिक बर्ष २०७७÷७८ मा ३ करोड ६९ लाख ५३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ । 

यस आर्थिक बर्षमा ५३ हजार एकसय सवारी साधनलाई कारवाही गर्दा उक्त रकमको राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक यामकुमार खड्काले जानकारी दिए ।

 ट्राफिक नियम विपरित सञ्चालन भएका वस, ट्रक, ट्याक्टर, कार, मोटर साइकल, टेम्पोलगायतका सवारी साधनलाई कारवाह िगर्दा उक्त राजश्यक संकलन भएको जनाइएको छ । गत बर्ष ४ करोड ५ लाख ५४ हजार ५ सय राजश्व संकलन भएको थियो । ५४ हजार ८ सय ५० सवारी साधनलाई कारवाही गरी उक्त राजश्य संकलन गरिएको खड्काले बताए । कोरोना कहरका कारण राजश्व संकलनमा कमि भएको उनले बताए ।