बिर्तामोड ।

बिर्तामोड। झापाको बिर्तामोडस्थित थापा मार्केटको दोस्रो तलामा आगलागी भएको छ ।  थापा मार्केटमा रहेको ऋद्धिसिद्धि वेयर कलेक्सनमा आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगलागीबाट स्थानीय सूर्य अधिकारीको कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । विधुत् चुहावटबाट आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । सूर्य अधिकारीको भनाई अनुसार डेढ करोडको क्षति भएको प्रहरीको भनाई छ ।

बिर्तामोड नगरपालिका र मेचीनगरपालिकाको बारुण यन्त्रद्वारा आगो नियन्त्रणमा लिइएको छ ।