झापा ।
अस्टे«लियन गभरर्मेन्ट डिपार्टमेन्ट अफ फरगिन अफेयरर्स एण्ड टे«ड र लुथरन वल्र्ड फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड १९ इमर्जेन्सी रेस्पोन्स फर नेपाल
परियोजना अन्तर्गत न्याय तथा विकासका लागि सामाजिक संजालले झापाका तीनवटा गाउँपालकिालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
संस्थाले कोरोना भाइरस संक्रमणको रोकथामका लागि अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षा निकाय, समुदायमा आधारित संस्था, सहकारी, महिला अधिकारकर्मीलगायत र नेपाल सरकारले सञ्चालन गरेको मास्क अभियानलार्इ सहयोग पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
संस्थाले झापा गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र कचनकवल गाउँपालिकालाई १८ हजार पिस सर्जिकल मास्क, १ सय ५० वोतल सेनिटाइजर, ६ सय जोडी सर्जिकल ग्लोवस् र १ सय ५ पिस पिपिई प्रदान गरेको न्यया तथा विकासका लागि सामाजिक सञ्जालका कार्यक्रम संयोजक कुमार चुडालले जानकारी दिए ।