झापा ।
पछिल्लो २४ घण्टामा झापामा थप २ सय २० जनामा कोरोना भाइरस संक्रमित भएका छन् । त्यस्तै देशभर ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर १० हजार ९ सय ७ पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ एन्टिजेन परीक्षणमा ८ सय ६५ जना गरी ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना कोरोना मुक्त भएका छन् ।