झापा । 

नेपाल चेम्बर अफ कमर्स झापाका सस्थापक अध्यक्ष तथा प्रदेश १ का उपाध्यक्ष, रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका चार्टर प्रेसिडेन्ट, व्यवसायी,  सन्तोष अग्रवाल  नेपाल चेम्बर अफ कमर्स कर राजस्व तथा भन्सार समितिको सदस्यमा चयन भएका छन् । 


नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष  राजेन्द्र मल्लले कार्यसमिति सदस्य पर्शुराम दाहालको सभापतित्वमा गठित कर, राजस्व तथा भन्सार समितिका पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन गरेका हुन् । 

 उक्त समितिको सह–सभापतिमा टिकाराम शर्मा ढुंगेल ,  मदनलाल मित्तल तथा सदस्यहरुमा,   नयन पंडित क्षेत्री,  पुष्कर भुर्तेल,  शिशिर गौतम,  नरेन्द्र कुमार गुप्ता,  राजिब पोखरेल,  अरुण राउत,   गोपाल अग्रवाल,  सिताराम अग्रवाल, ,  प्रभु अधिकारी,  कुमार कार्की,  रुक्मणी सेढाईं, सन्तोष अग्रवाल, रत्न घिमिरे, राजेन्द्र प्रजापति रहेका छन् । कार्यक्रममा  नेपाल चेम्बर अफ कमर्सका  उपाध्यक्ष   दिपक श्रेष्ठ  र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठको समेत उपस्थिति रहेको  थियो  ।